आवरउदयपुर,मंसिर १९ । एनसेलको सेयर खरिदबिक्रीमा चलखेल भएको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ ।

मंगलबार बिहान एनसेल कार्यालय अगाडि नेकपा ९एमाले० को विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले एनसेलको आयव्यय सार्वजनिक गर, एनसेललाई राष्ट्रियकरण गर, विवादास्पद एनसेल शेयर बिक्रीको छानबिन गर, नो ट्याक्स, नो सिम, रिजेक्ट एनसेल, माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद, ट्याक्स चिटिङ इज अ क्राइम लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरिएको थियो ।

संगठनले मागहरु पूरा नभए एनसेलका गाडीहरु समेत चल्न नदिने चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर