आवरउदयपुर,मंसिर ११ । काठमाडौंस्थित नेपाल प्रहरी वृत्त महाराजगञ्जको क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोतलमा किरा भेटिएको छ ।

किरा भेटिएसँगै पानी उत्पादक कम्पनी एएण्डबी वेभरेज प्रालिलाई काठमाडौं महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना तिराएको छ ।

क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोत्तलमा किरा भेटिएपछि प्रहरीले आइतबार सो कम्पनीविरूद्ध काठमाडौं महानगरमा उजुरी दिएको थियो ।

कागेश्वरी मनोहरा नगरपालिका–६ को ठेगाना रहेको एएण्डबी वेभरेज प्रालिलाई महानगरले अब अर्कोपटक सोही अवस्था फेला परेमा कडा कारबाही गर्ने चेतावनी समेत दिएको महानगरका बजार अनुगमन समितिकी निरीक्षण अधिकृत डा। पुजा खनालले बताइन् ।

यस्तै पानी बोत्तलमा भर्नु अगाडि बोत्तल अनिवार्य रुपमा निर्मलीकरण गर्नुपर्ने, समय समयमा पानीको ल्याब परीक्षण गर्नुपर्ने निर्देशन महानगरले दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय