आवरउदयपुर,मंसिर १० । बस दुर्घटनाबाट घाईते भएका विरामीको उपचार सेवालाई प्रभावकारी बनाउन नेपाल नेत्र ज्योति संघ उदयपुर र मदन भण्डारी आँखा अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।
शनिबार पिकनिक खायर फर्कदै गरेको स्कुल बस दुर्घटनामा घाईते भएका ३७ जनाको आर्थिक अवश्थालाई मध्यनजर गरी संघ र अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाएका हुन् ।
संघ तथा अस्पतालका अध्यक्ष भागवत राउतले सामाजिक आर्थिक अभावले एम्बुलेन्स लैजान नसकेर उपचार सेवा प्रभावित नहोस भन्ने हेतुले मानविय सहयोग स्वरुप निःशुल्क सेवा प्रवाह गरिएको बताए । उनले बिपत्तिमा परेका नगरबासीको उपचारमा तदारुकता देखाउनसमेत स्थानीय सरकारलाई आग्रह गरेका छन् ।
उनले भने, ‘एकै घरका दुई सन्तान अनी आफन्त गुमाउनुको पीडालाई मानविय मलमपट्टी लगाउन आफ्नो हैसियत अनुसार सकेको सहयोग गर्नसमेत सबैलाई आग्रह गर्दछु । अध्यक्ष राउतले थपे, ‘आर्थिक अभावकैकारण विरामीलाई सुविधायुक्त अस्पताल लैजान ढिला हुँदा ज्यान जान सक्छ, तसर्थ विपत्तीमा कसैले आर्थिक समस्या झेल्नु नपरोस भन्नका खातिर यस्तो निर्णय लिएका हौ ।
संघले आर्थिक अवश्था कमजोर भएका विरामीलाई अस्पतालबाट घर फर्काउनसमेत सहयोग गर्ने बताए । साथै उनले सामाजिक संजालमा लेखेका छन्, ‘सकेसम्म बनभोज वा अन्य कुनै स्थानमा धेरैको संख्यामा जाँदा चुस्तदुरुस्त कन्डिसनमा भयको सवारी साधनमा यात्रा गरौ ।
त्यसअघि उनले भनेका छन्, ‘शनिबारको दिन संम्भाव्य बनभोज स्थलमा ट्राफिक चेक जाँच बढाउन सक्दा तथा क्षमताभन्दा ज्यादा यात्रु ओसारपसार र अन्य कुरामा नियन्त्रण हँुदा दुर्घटनामा कमि आउने छ ।
शनिबार उदयपुरगढी गाउँपालिका ७ अँधेरी झर्ना नजिक पिकनिक खायर फर्कदै गरेको अन्नपूर्ण सेकेन्डरी बोडिङ स्कुलको प्र–०५–००१–ख–००४४ नम्बरको बस अधेरी झर्ना नजिक दुर्घटनाहुँदा एकै परिवारका दुई सहित तीन जनाको ज्यान गयको हो ।
दुर्घटनामा त्रियुगा नगरपालिका ६ का ११ बर्षिय बिकाश चौधरी उनका वहिनी ७ बर्षिया सम्या चौधरी र त्रियुगा ५ का चालक ४० बर्षिय भिखन चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयक डिएसपि हरिनन्दन चौधरीले जानकारी दिए ।
दुर्घटनामा अन्य ३६ जना घाइते भएका छन् उनीहरु मध्ये ११ जनाको अवश्था गम्भिर रहेकाले मदन भण्डारी आँखा अस्पताल लगायको एम्बुलेन्सबाट थप उपचारका लागि बिराटनगर पठाइएको छ । बाँकीको जिल्ला अस्पतालमा उपचार भैरहेको डिएसपी चौधरीले जानकारी दिए ।
उक्त बस स्कुलको भएपनि चालक भिखनले गाउँको पिकनिकका लागि भाँडामा लगेको खुलेको छ । घटना लगत्तै डिएसपि चौधरीको नेतृत्वमा गएको टोली र स्थानीयको सहयोगमा उद्दार गरिएको छ ।
तिव्र गतिमा रहेको बस ओरालामा व्रेकले काम नगर्दा दुर्घटना भएको हुन सक्ने डिएसपी चौधरीले बताए । गाडीमा अधिकाँस बालबालिका रहेको बुझिएको छ । घटनाको थप अनुसन्धान भैरहेको डिएसपी चौधरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय