आवरउदयपुर,मंसिर १० । सदरमुकाम गाईघाटमा प्रभातफेरी गरी सुरु हुँदै आएको लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान उदयपुरमा शनिबार विगतभन्दा केहि फरक ढंगले सुरु गरिएको छ ।
“लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताःमहिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ अभियान यस बर्ष त्रियुगा नगरपालिका क्षेत्रका मुख्य बजार र बस्तिमा केन्द्रित गरिएको छ ।
शनिबार सन्देशमुलक प्लेकार्ड, नारासहित सदरमुकाम गाईघाटबाट निस्किएको र्याली अन्य वडाका मुख्य बजारमा अभियानको प्रचार गर्दै नगर परिक्रमा गरेको आयोजक महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष माया भण्डारीले जानकारी दिईन् ।
उनले भनिन्, ‘र्याली चौक–चौकमा पुगेर केहिबेर रोकी सन्देशहरु प्रभाव गरेका छौ, अव भोलीबाट गाउँघरमा प्रवेश गर्छौ । त्रियुगा नगरपालिकाको सहकार्यमा सञ्चालित र्यालीको नेतृत्व उपमेयर महेश्वरी राईले गरेकी थिइन् ।
अभियानको उद्घाटन गर्दै उनले भनिन्, ‘समाजमा अझै पनि कानुनले निषेध गरेका बोक्सी, दाइजो, छुवाछूत, घरेलु हिंसाजस्ता कुप्रथा कायमै रहेकाले यस्ता हिंसा, विभेद र अपमान अन्त्यका लागि सकारात्मक चिन्तनको खाँचो रहेको छ ।
उनले समानताका नाममा हुने विभेद कुनै पनि महिलालाई सैय नहुने भन्दै पितृसतात्मक सोच अन्त्यका लागि सबैको साझा प्रतिवद्धता आवश्यक रहेको बताईन् । उनले समाजमा विद्यमान विकृति र विसङ्गतिका विरुद्ध परिवार, समुदाय व्यापक रूपमा सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताईन् । उपमेयर राईले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यको लागि कानुनले निदृष्ट गरेका दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने धारणा व्यक्त गरिन् । उनले महिला हिंसा घटाउन गाउँबस्तिमा अभियान सञ्चालन गर्नु पर्ने र महिलालाई आत्मनिर्भर बनाउनु पर्ने बताईन् ।
त्यसैगरी गैसस महासंघका अध्यक्ष सृजना पौड्ेलले महिला र पुरुषबीचको असमान शक्ति संरचनाको अन्त्य नभएसम्म महिला विरुद्धको हिंसा कम गर्न नसकिने बताईन् । उनले महिलालाई आर्थिक रुपले आत्मनिर्भर बनाउने र असमान संरचना परिवर्तन गर्नेतर्फ सबैको ध्यान केन्द्रित हुनु पर्ने धारणा व्यक्त गरिन् । अध्यक्ष भण्डारीले जिल्लाका आठ वटै स्थानीय तहमा संघसंस्थाको सहकार्यमा अभियान सुरु भएको जानकारी दिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर