आवरउदयपुर,मंसिर ९ । गाजामा बन्धक बनाइएका १३ इजरायली नागरिकसहित कुल २४ जना आज इजरायल फिर्ता भएकाछन् ।

युद्धविराम र प्यालेस्टाइन कैदीको रिहाईको सम्झौता अनुसार इजरायलका चार जना बालबालिका तथा नौ जना महिला र दश जना थाई नागरिक तथा एक फिलिपिनोलाई रिहा गरिएको छ । यी सबैलाई गाजाबाट मिस्र पठाइएको हो । उनीहरु सुरक्षित रुपमा इजराइल फिर्ता आएका छन् ।

रिहा गरिएका इजराइली बन्धकको अवस्था ठीक रहेको रहेको प्रारम्भिक चिकित्सा परीक्षणबाट थाहा भएको छ ।

शिन बेट सुरक्षा सेवाका सदस्यहरुले बन्धकसंग भेटघाट गरेका थिए । बन्धकलाई सबैभन्दा पहिला बेर्शेबानजिक हेत्जेरियम एयरबसमा लगिएको थियो ।

आवश्यक शारीरिक र मानसिक परीक्षण गरेपछि उनीहरुलाई आफन्तसंग भेट्नका लागि हेलिकोप्टर तथा एबुलेन्सबाट स्नाइडर चिल्ड्रेन मेडिकल सेन्टर र मध्य इजराइलको वोल्फसन मेडिकल सेन्टर लगिएको थियो ।

हमासको तर्फबाट इजराइली बन्धकभन्दा पहिला १० जना थाई र एक जना फिलीपिन्सका नागरिकलाई रिहा गरिएको थियो ।

नेपालका विपिन जोशिलाई पनि हमास आंककवादीले बन्धक बनाएका छन् । तर उनको स्थितिको बारेमा अझैसम्म पनि कुनै जानकारी थाहा हुन सकेको छैन । हमासको उक्त आक्रमणमा परि १० जना विद्यार्थीले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय