आवरउदयपुर,मंसिर ८ । नेकपा एमालेका नेता तथा राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतले दुर्गा प्रसाईलाई लक्षित गर्दै युवासंघलाई जुध्न बाध्य नपार्न चेतावनी दिएका छन् ।
एमाले पार्टी कार्यालय च्यासलमा शुक्रवार युवा संघको दोस्रो केन्द्रीय कमिटी बैठकमा बोल्दै नेता बस्नेतले यस्तो चेतावनी दिएका छन् ।
बिहीबार प्रसाई समर्थकले हेटौँडा र कलंकीबाट तीनकुने हिँडेका आफ्ना कार्यकर्तामाथि आक्रमण प्रयास भएको भन्दै युवा संघ सशक्त भएकाले प्रतिरोध गर्न सफल भएको बताए ।

उनले गणतन्त्र विरोधी दुर्गा प्रसाईंलाई एमाले नेता कार्यकर्तालाई छोए देखाउन चुनौती समेत दिए ।

‘युवा संघसँग टक्कर लिनेले ठक्कर खान्छ,’ उनले भने, ‘तागत छ भने एमाले नेताका घरहरू छोएर हेर । हिम्मत छ भने एमालेका समर्थक शुभचिन्तकहरूलाई छोएर हेर एमाले पङ्क्ति अरिङ्गालको गोला जस्तो हुनेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय