आवरउदयपुर,कार्तिक २५ । सशस्त्र प्रहरी बल नेपाल नं। २८ गण हेडक्वाटर तौलीहवा कपिलवस्तुमा कार्यरत दाङको घोराही उपमहानगरपालिका–७ हर्नियाका ३० वर्षीय सशस्त्र प्रहरी जवान जुगारु चौधरीको गोली लागेर मृत्यु भएको पुष्टि भएको छ।

बिदामा तीन दिन पहिले घार आएको समयमा घरायसी प्रयोजनका लागि गाउँका स्थानीयसँगै स्थानीय जनसेवा सामुदायिक वनमा मालुको पात टिप्न गएका चौधरीको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए।

चौधरीको हत्या आरोपमा प्रहरीले घोराही–५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीलाई भरूवा बन्दुकसहित प्रहरीले शनिबार बिहान १ बजे नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्तिले घटना स्वीकार गरेको एक प्रहरी अधिकारीले बताए।

बिहीबार बिहान सात बजेतिर घरायसी प्रयोजनका लागि अन्य गाउँले आफन्त तथा महिलासहित स्थानीय जंगलमा मालुका पात टिप्न गएका उनको वन्यजन्तुको चोरी शिकारी गर्ने केसीले गोली हानेको आरोप छ ।

केसीले पनि मालुको रूखमा मालुको पात खाँदै गरेको जंगली जनावर गुणा ठानेर आफ२ले गोली हानेको बयान दिएको पञ्हरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिलाई शनिबार नै सार्वजनिक गरिने प्रहरीले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय