![](http://ourudayapur.com/wp-content/uploads/2023/11/2018086093hatyafinal.jpeg)
आवरउदयपुर,कार्तिक २३ । झापामा भिनाजुलाई खुकुरी गरी हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।
जिल्लाको बुद्धशान्ती गाउँपालिका–५ बस्ने ३५ वर्षीय रोशन अधिकारीलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो ।
घरायसी विवादमा अधिकारीले खुकुरी तथा बाँस प्रहार गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ४५ वर्षीय धन बहादुर कट्वालको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले अधिकारीलाई खुकुरीसहित पक्राउ गरेको हो ।