आवरउदयपुर,कार्तिक १७ । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताअन्तर्गत शुक्रबार युएईसंगको सेमिफाइनल खेलमा सबैभन्दा लामो छक्का प्रहार गरेबापत नेपाली क्रिकेट टिमका कम्तान रोहित पौडेल पुरस्कृत भएका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै नेपाली टोलीले आगामी वर्ष आयोजना हुने टी—२० विश्वकपमा स्थान पक्का गरेको छ ।

यूएईविरुद्धको खेलमा अविजित ३४ रन बनाएका कप्तान पौडेलले दुई छक्का र दुई चौका हिर्काएका थिए । त्यसक्रममा सबैभन्दा लामो दूरीको छक्का प्रहार गर्ने खेलाडीको पुरस्कार रोहितले पाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर