आवरउदयपुर,कार्तिक १७ । लागुऔषध नियन्त्रणका लागि प्रहरीले एमडिआई अभियान सञ्चालन गरेसँगै ठुला–ठुला कारोवारी पक्राउ पर्ने थालेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश थापाका अनुसार छिमेकी मुलुक भारतदेखि नेपाल भित्र्याउने र प्रमुख सहरहरुमा विक्री वितरण गर्दै आएका व्यवसायि, विचौलिया र डिलरवालाहरु समातिएका छन् ।
यसरी समातिएका व्यसायिहरुले प्रहरीको अप्रेशन थाहापाएर सधैजसो फरक–फरक शैली अपनाउने गरेको उनले बताए । एसपी थापाका अनुसार पछिल्लो पटक भारतीय नम्बरप्लेटको स्कापिर्योमा प्रतिबन्धित लागुऔषध व्राउनसुगर काठमाण्डौँमा विक्री पछि बाँकी रहेको गाईघाटमा विक्री गर्ने उदेश्यले ल्याउनेक्रमा त्रियुगा नगरपालिका १० कालिखोलाबाट दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहार राज्य सुपौल जिल्ला भिमनगरथाना वडानं ८ का २७ बर्षिय जसबिनकुमार मण्डल, बिरपुरथाना–१२ का २७ बर्षिय सन्तोषकुमार महतो रहेका छन् । उनीहरुले भारतीय नम्बर प्लेटको उक्त गाडी नेपालमा अनुमति लिई दुई सय ग्राम व्राउनसुगर लागुऔषधसहित काठमाण्डौँ भित्र्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
त्यसमध्ये १७१ ग्राम काठमाण्डौँ र विक्री नभएको २९ ग्राम गाईघाटमा विक्री गर्ने तयारी गर्दै गर्दा पक्राउ गरिएको एसपी थापाले बताए । उनीहरुलाई बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कालीखोलाको नजिकै रोकेर राखेको विआर.११.पीवि.१३५५ (द्यच् ज्ञज्ञएद्य ज्ञघछछ) नम्बरको स्कार्पियोसहित पक्राउ गरिएको उनले बताए ।
एसपी थापाले भने, ‘गाडीलाई चेकजाँचगर्दा गियर बक्स भित्र कालो प्लाष्टिकको झोलामा लुकाई राखेको २९ ग्राम लागुऔषध ब्राउनसुगर फेला पर्यो, त्यसपछि सबै गाडी परीक्षण गर्दा कारोवारमा सम्लंग्न केहि प्रविधिहरुसमेत फेला परे ।’
डिएसपी हरिनन्दन चौधरीका अनुसार उनीहरुको साथबाट नगद १ लाख ५४ हजार, सानो डिजिटल तराजु १ थान र मोवाईल दुई थान फेला पारेको छ । अनुसन्धानका क्रममा काठमाण्डौँ लगायतका अन्य धेरै ठाउँमा लागुऔषधको व्यवसाय गर्ने गरेको खुलेकाले जिल्ला अदालतबाट १५ दिनको म्याद लिई थप अनुसन्धान सुरु गरिएको उनले बताए ।
त्यसैगरी प्रहरीले बुधबार चौदण्डिगढी नगरपालिका ९ भिमास्थित मोहोरिया चौकबाट दुई वटा पलाष्टिकमा व्राउनसुगर ८१ ग्राम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्य सुपौल जिल्ला भिमनगरथाना वडानं १२ का मोटरपार्टस व्यावसायि ४८ बर्षिय प्रमोद गुप्ता र सुनसरी इनरुवा नगरपालिका ६ का कवाडी सामान खरिदकर्ता ४५ बर्षिय सलिम मियाँ रहेको डिएसपी चौधरीले बताए ।
को.२८.प.४९६८ नम्बरको मोटरसाईकलबाट गाउँ गाउँमा लागुऔषध विक्रीका लागि हिड्दै गरको अवश्थामा पक्राउ परेको उनले बताए । गुप्ता कोसी प्रदेशभरी र देशका अन्य सहरहरुमा लागुऔषध सप्लाई गर्ने डिरलवाला रहेको र मिँया उनलाई व्यापार गर्न प्रोत्साहन गने सहयोगी रहेको अनुसन्धानबाट खुलेको उनले बताए ।
उनीहरुलाई एक साताको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जनाइएको छ । पक्राउ परेकाहरुकाहरुसँगको अनुसन्धानबाट धेरैजसोले चिनेको ग्राहक र पुरानो दुव्र्यसनिसँग मात्र डिल गर्ने, भारतीय नम्बरको वाटसएपबाट कुरा गर्ने, नगद रकम पहिले नै देखाउनुपर्ने, विश्वस्त नभएमा कारोबार नगर्ने जस्ता उपाय अवलम्वन गरिएको एसपी थापाले बताए ।
वयानका क्रममा व्राउनसुगर भारतमा प्रति ग्राम भारु एक हजारमा खरिद गर्ने र उदपुरमा प्रतिग्राम पाँच हजार र काठमाण्डौँमा १२ हजारका दरले विक्री गर्ने गरेको खुलेको छ । छिटो र सजिलो पैसा कमाउने उद्देश्यबाट प्रेरित भएको हुन सक्ने प्रहरीको अनुमानछ ।
प्रहरीले विहीबार पत्रकार सम्मेलन गरी असोज ८ गते यताका सबै लागुऔषधका कारोवारमा संम्लग्नलाई सार्वजानिक गरेको छ । एसपी थापाले लागुऔषध सेवनकर्तालाई घरमै पुगेर सचेतना फैलाउने, पुर्नस्थापना गर्ने जस्ता अभियान सञ्चालन गरिएको र कारोवारीको हकमा कठोर बन्ने प्रहरीको नीति रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय