आवरउदयपुर,कार्तिक १ । बर्षेनी औपचारिक कार्यक्रममा मात्र सिमिति रहेको प्रहरी दिवस यस पटक उदयपुरमा फरक ढंगले रचनात्मक कृयाकलापसहित सम्पन्न भएको छ । विगत बर्षमा पुर्वप्रहरी, अमर परिवार र अन्य अतिथिको उपस्थितिमा मन्तव्य सहितको औपचारिक कार्यक्रम गरी मनाईदै आएको दिवसलाई जिल्ला प्रहरी कार्यालयले यसपटक विभिन्न विधाका खेलकुद प्रतियोगितासहित कार्यक्रम गरी मनाएको हो ।
६८ औँ प्रहरी दिवसको अवसरमा कार्यालयले ७० बर्ष पुरा पुगेका जेष्ठ पुर्वप्रहरी, अमर प्रहरी र उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाइलाई दोसल्ला र प्रशंसापत्रले सम्मान गरेको छ ।
त्यसैगरी प्रहरीका काम, कर्तव्य, अधिकारी बालबालिकासम्म पुर्याउने लक्ष्यकासाथ माध्यमिक तह स्तरीय खुल्ला निवन्धन लेखन प्रतियोगिताको सम्पन्न गरेको छ । निवन्धन लेखनमा राष्ट्रिय माबि बगाहाका अनमोल ढुंगाना पहिलो, मावि लक्ष्मीपुर पोर्ताहका वमबहादुर बिक दोस्रो र पुमा अंग्रेजी बोडिङ्ग स्कुल बेल्टारका पुजा राई तश्रो भईन् ।
त्यस्तै भलिवल प्रतियोगितातर्फ जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाको कप्तानीमा रहेको समुह पहिलो र डिएसपी हरिनन्दन चौधरी नेतृव्को समुहले दोस्रो स्थान हासिल गरेको छ । सप्ताहव्यापी कार्यक्रम अन्र्तगत त्रियुगा उद्योग बाणिज्य संघको सहयोगमा जिल्ला स्तरीय खुल्ला व्याडमिन्टनमा भेल्ट्रास र ‘ए डिभिजन अन्र्तगतको अलग–अलग समुह बनाई प्रतियोगिता आयोजना गरिएको एसपी थापाले बताए ।
अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण र शोक सलामी दिई सुरु गरिएको उक्त कार्यक्रमकै अवसरमा प्रहरी परिसर भित्र मंगलबारबाटै प्रहरी स्मारक उद्यान स्थापना गरी वृक्षारोपण गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला न्यायाधिश नवराज दुलालले मान्छेलाई हतकडी लगाई अदालतमा उपस्थिति गराएर मात्र शान्तिसुरक्षा कायम नहुने भएकाले सबै क्षेत्रबाट सहयोग भए मात्र अपराध न्युनिकरण हुने बताए ।
उनले निष्पंक्ष न्याय सम्पादन नै अहिलेको आवश्यकता भएकाले जिल्ला प्रहरी कार्यालयबाट भएका न्याय निरुपणका कार्यक्रम उत्कृष्ट भएको बताए । उनले भने, ‘अपराधलाई न्युनिकरण नै अहिलेको जल्दोवल्दो मुद्दा भएकाले सबैको सहभागितामा बैज्ञानिकतवरबाट अनुसन्धान प्रकृयालाई अघि लैजानु पर्दछ ।
कार्यक्रममा एसपी थापाले अमरआत्माको सम्मान र स्मरणमा प्रहरी स्मारकमा यसै बर्षदेखि जलसिंन्चनको व्यवस्था गरिएको बताए । उनले जिल्लाको शान्ति सुरक्षा प्रभावकारी राख्न कानुन कार्यान्वयन गर्न सबै सक्कल दर्जाका कर्मचारीलाई जागिँर मात्र सेवाका भावनाले उच्च मनोवलकासाथ काम गर्न निर्देशन दिए ।
उनले भने, ‘हाम्रो समाज आधुनिक भएको छ, थप शिक्षित पनि हुँदै गएको छ तर यदाकदा स्वअनुशासित समाजमा विधीको सम्मान गर्ने संस्कार घटदै गएको छ, जति आधुनिक भयो त्यति नै मर्यादा ख्याल नगर्ने परम्पराको बिकास हुँदै गएको छ, यसलाई मुलधारमा ल्याउन सबैको उत्तिकै दायित्व रहेको छ ।
जिल्लाको शान्ति सुरक्षा, सुव्यवस्था कायम गर्न प्रहरी संगठन हरपल तयार रहेको बताए । बोल्ने वक्ता बेलका नगरपालिकाका मेयर अशोक कार्की, त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राई, निमित्त प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेल, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, पुर्व प्रहरी संगठनका अध्यक्ष डोरनाथ ढकाल, अमर परिवारका सदस्य कल्पना ढकालले जिल्ला प्रहरी कार्यालयका कामकार्वाही सन्तोषजनक रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर