आवरउदयपुर,अशोज २९ । कर्मचारी समायोजन ऐन विपरीत फाजिलमा राखिएका वनका कर्मचारीलाई सरकारले प्रदेशमै समायोजन गर्ने भएको छ ।

सातवटै प्रदेशले कर्मचारी व्यवस्थापन सर्वेक्षण (एनएम) गरेर दरबन्दी सिर्जना गरेर उनीहरूलाई प्रदेशमै समायोजन गर्ने तयारी गरेका हुन् । यी कर्मचारीहरूलाई प्रदेशमै दरबन्दी रहने गरी समायोजन गर्न लागिएको हो ।

प्रदेशले दरबन्दी सिर्जना गरेर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको छ । सामान्यले मङ्गलवारको मन्त्रिपरिषद्मा दरबन्दी स्वीकृतिको लागि फाइल पेस गर्ने तयारी गरेको छ ।

देशैभरि तीन सय ८४ जना वनका कर्मचारीहरू फाजिलमा राखिएको थियो । फाजिलमा राखिएका कर्मचारीहरूमा सुदूरपश्चिम प्रदेशमा ३२, कर्णाली प्रदेशमा ५८, लुम्बिनी प्रदेशमा ७१, गण्डकी प्रदेशमा २५, बागमती प्रदेशमा ७१, मधेस प्रदेशमा ५३ र कोशीमा ७४ जना छन् ।

राज्य पुनर्संरचनामा गइसकेपछि कर्मचारी समायोजन ऐन, २०७५ अनुसार सरकारले आफूहरूलाई हेलत्तोको व्यवहारले हेरेको भन्दै कर्मचारीहरूले गत साउनमा सिंहदरबार भित्रै आन्दोलन गरेका थिए ।

पटक पटक वन मन्त्री, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मुख्य सचिव लगायतसँग वार्ता गरेर प्रदेशमै समायोजन हुने आश्वासन पछि गृह जिल्ला फर्किएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय