आवरउदयपुर,अशोज २३ । प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणपछि इजरायल र प्यालेस्टिनबीच जारी द्वन्द्वमा नेपालसहित १० देशका नागरिक मारिएको पुष्टि भएको छ ।

द्वन्द्वमा १ हजार ५०० भन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मंगलबार बिहानसम्म इजरायलतर्फ ९०० र प्यालेस्टिनतर्फ ६८७ जना मारिएका छन् ।

नेपालका १० जना विद्यार्थी मारिएका छन् भने चार जना घाइते भएका छन् । अझै एक जना नेपाली विद्यार्थी सम्पर्कविहीन छन् ।

ज्यान गुमाउने विदेशीमध्ये सबैभन्दा धेरै थाइल्याण्डका नागरिक रहेका छन् । थाइल्याण्डको विदेश मन्त्रालयले इजरायलमा आफ्ना १८ जना नागरिक मारिएको र केही अझै बेपत्ता रहेको जनाएको छ ।

इजरायलमा १० जना बेलायती नागरिक पनि ज्यान गुमाएको आशंका गरिएको छ । यद्यपि ज्यान गुमाउने बेलायती नागरिकको भने पहिचान खुलिसकेको छैन ।

यस्तै अमेरिकाका नौं जना, क्यानडाका एक मुत्यु र दुई जना सक्पर्कविहीन, फ्रान्सका एक जना, जर्मनीकी एक जना, एक जना चिनियाँ महिला पनि इजरायलको द्वन्द्वमा मारिएकी छन् ।

कम्बोडियाका एक जनाको मृत्यु भएको छ भने ब्राजिलका तीन जना नागरिक बेपत्ता भएका जनाएको छ । पाराग्वेको सरकारले आफ्ना दुई जना नागरिक सम्पर्कविहीन रहेको जनाएको छ । मेक्सिकोका पनि दुई जना नागरिकको अपहरण भएको बताइएको छ ।

यस्तै, आयरल्याण्डकी एक जना महिला पनि बेपत्ता छिन् भने तान्जानियाले पनि आफ्ना दुई जना विद्यार्थी सम्पर्कविहीन रहेका जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय