आवरउदयपुर,अशोज २१ । अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेभिड वार्नरले आईसीसी एकदिवसीय विश्वकपमा सबैभन्दा कम खेल खेलेर एक हजार रन पूरा गर्ने कीर्तिमान बनाएका छन् ।

एकदिवसीय विश्वकपको आइतबार खेलिएको भारतविरुद्घको खेलका क्रममा ३६ वर्षीय वार्नरले यस्तो कीर्तिमान बनाएका हुन् ।

ओपनर ब्याट्सम्यान वार्नरले भारतका महान क्रिकेटर सचिन तेन्दुल्कर र दक्षिण अफ्रिकाका एबी डे भिलियर्सको नाममा संयुक्त रुपमा रहेको कीर्तिमान तोडेका हुन् । तेन्दुल्कर र डे भिलियर्सले विश्वकपमा २० पाली खेलेर एक हजार रन बनाएका थिए ।

वार्नरले भने विश्वकपमा १९ पाली खेलेर एक हजार रन पुरा गरेका हुन् । भारतीय टोलीका कप्तान रोहित शर्माले यही खेलमा वार्नरको कीर्तिमान तोडने सम्भावना छ ।

रोहित शर्माले एकदिवसीय विश्वकपमा हालसम्म १७ पाली खेल्दै नौ सय ७८ रन बनाएका छन् । अस्ट्रेलियाविरुद्धको खेलमा उनले २२ रन बनाए भने वार्नरको कीर्तिमान पनि तोडिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर