आवरउदयपुर,अशोज २१ । दसैंको लागि असोज २९ गतेबाट नयाँ नोट साट्न पाइने भएको छ।
राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै यही असोज २९ गतेदेखि नयाँ नोट साटिने जनाएको हाे ।
दसैंको लागि राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार पाँच सय रूपैयाँ सटही सुविधा दिने भएको छ। सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको एक/एक बण्डल नयाँ नोट पाउनेछन्।
दसैंको लागि मात्रै राष्ट्र बैंकले करिब १० अर्बभन्दा बढी रुपैयाँको नयाँ नोट बजारमा पठाउने गरी तयारी गरेको जनाएको छ।
राष्ट्र बैंकले यसपटक बालुवाटार कार्यालयमा क्युआर कोडमार्फत् पनि रकम भुक्तानी गरेर समेत नयाँ नोट साट्न सकिने व्यवस्था गरेको छ ।
यो सुविधा सुविधा अन्य शाखाहरुमा भने उपलब्ध नभएको मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यले जानकारी दिए।