आवरयदयपुर,अशोज २१ । प्यालेस्टाइनी इस्लामिक लडाकू समूह हमासले गरेको श्रृङ्खलाबद्ध आक्रमणपछि दक्षिणी इजरायलका केही नेपाली हताहत भएको हुनसक्ने सरकारले बताएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले संसदका अनुसार इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीमध्धे केही विद्यार्थी हताहत भएका हुनसक्छन् ।
सरकारको तथ्यांकमा इजरायलमा ४ हजार ५०० नेपाली केयर गिभरका रूपमा कार्यरत छन् । २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गएका थिए ।
त्यसमध्ये सूप विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत थिए । नेपाली दूतावासका अनुसार गाजा क्षेत्र नजिक रहेको त्यो क्षेत्रमा हमास समूहबाट आक्रमण भएको छ ।
मन्त्री साउदका अनुसार त्यहाँ १७ जना नेपालीमध्ये दुई सकुशल छन् भने तीन जनाको स्थानीय अस्पतामा उपचार भइरहेको छ । बाँकी १२ जनामध्ये केही सम्पर्कमा छैनन् । उनले केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको जानकारी दिए ।
इजरायलमा ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि विश्वविद्यालयबाट ११९ र त्रिभुवन विश्वविद्यालयबाट ९७ जना विद्यार्थी छन् ।
इजरायलमा भएको यो घटनालाई सरकारले गम्भीरताका साथ लिएको परराष्ट्रमन्त्री साउदले बताए ।