आवरउदयपुर,अशोज १९ । द्धन्द्ध निरुपणमा सरकार गम्भिर नबनेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । नागरिक आवाजको सहयोगमा द्धन्द्ध पीडित महिला राष्ट्रिय संजालले सदरमुकाम गाईघाटमा आयोजना गरेको द्धन्द्ध पीडित महिलाका सवालमा स्थानीय सरोकारवालासँगको शान्तिवृत कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।
उनीहरुले द्धन्द्धको दिगो व्यवस्थापनमा जिम्वेवारी निकाय उदासिन बनेको आरोप लगाए । कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले द्धन्द्ध निरुपणको नाममा प्रधानमन्त्रीदेखि लिएर कर्मचारी विदेश भ्रमण गर्ने, डरल भत्ता लिने तर समाधान कहिले नगर्नु राजनीतिक बेमानी भएको आरोप लगाए ।
उनले भने, ‘सरकारको चासो द्धन्द्ध व्यवस्थापन भन्दा पनि कसरी द्धन्द्धलाई चर्काउने र सधै अस्थिरता मच्चाई नेतृत्वमा रहिरहने मानसिकता भएकाले यसको समाधान हुन नसकेको हो । दश बर्षे जनयुद्धका नायक प्रचण्ड पटक–पटक मुलुकको कार्यकारी भुमिकामा रहेपनि द्धन्द्धको दिगो समाधानतर्फ कहिले ध्यान केन्द्रित नभएको उनले बताए ।
मेयर बस्नेतले मुलुकका प्रधानमन्त्रीले नै जातजाती र धर्मका नाममा द्धन्द्ध चर्काउन लागेको आरोप लगाए । जिल्ला समन्वय समितिका उपप्रमुख तेजप्रसाद गिरीले तत्कालिन राज्य र विद्रोही पंक्षलाई एकअर्कामा आत्यिमता बढाउने गरी द्धन्द्धको व्यवस्थापन गर्नु पर्ने बताए ।
उपमेयर महेश्वरी राईले सरकार द्धन्द्ध पीडितको पीडालाई कम गर्नेभन्दा पनि कुर्सी केन्द्रित मात्र भएको आरोप लगाईन् । उनले भनिन्, ‘कागजमा लेखेर मात्र द्धन्द्ध समाधान खोज्नुभन्दा मनभित्रको काँडो उखेल्नु पर्छ ।
उनले महिला, शान्ति र सुरक्षाका सम्बन्धमा संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद्बाट पारित प्रस्ताव नं. १३२५ र १८२० का कार्ययोजना कार्यान्वयनका लागि नगरपालिका तयार रहेको बताईन् । उपमेयर राईले भनिन्, ‘नगर भित्रका द्धन्द्ध पीडितको डाटा लिएर आउनुस बसेर छलफल गरौ, के गर्दा हुन्छ हामी हामी कार्यान्वयन गर्न तयार छौ ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले द्धन्द्धपीडितका घाउहरु अझै बाँकी रहेकाले यसलाई सधैका लागि समाप्त गर्ने गरी योजना बनाएर काम गर्नु आजको आवश्यकता भएको बताए । कार्यक्रममा नागरिक आवाजका प्रोगाम मेनेजर प्रशंसा कार्कीले द्धन्द्धकालिन मुद्दालाई प्रकृति हेरी टुङ्गयाउँदै जानु पर्ने बताईन् ।
उनले सबै स्थानीय तहले १३२५ र १८२० को कार्ययोजनाको गम्भिरतालाई हेरी कार्यान्वयनमा ल्याउने हो भने द्धन्द्ध समाधानको बाटोतर्फ अघि बढ्ने बताईन् । उनले कार्यक्षेत्र भित्रका स्थानीय तहमा समिति गठन गर्न र अन्य गतिविधिमासमेत सहयोग गर्न संस्था तयार रहेको बताईन् ।
कार्यक्रममा संजालका जिल्ला अध्यक्ष कल्पना ढकालले द्धन्द्धपीडितलाई दिईने राहत पर्याप्त नभएको बताईन् । उनले सबे प्रकृतिका मुद्दालाई गोलमोटल भन्दा पनि यौनजन्य मुद्दालाई विशेषरुपले हेर्नु पर्ने बताए ।
सहभागिहरुले सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई स्वतन्त्रपूर्वक काम गर्न दिएर विवाद टुङ्गयाउनु पर्ने बताए । उनीहरुले अतितका घटनालाई सम्झेर अझै पनि द्धन्द्धपीडितहरु बेलामौकामा मुर्छित पर्ने भएकाले राहत र आम्दानीको स्रोत बढाउने गरी कार्यक्रम ल्याउनु पर्ने बताए ।
संस्थाका कार्यक्रम संयोजक दुर्गा कार्कीले मुलुक परिवर्तनका लागि विद्रोहमा उत्र्एिका व्यक्तिहरुलाई अहिले पनि समाजले हेर्ने दृष्टिकोण सकारात्मक नभएको बताईन् । कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै कार्कीले १३२५ र १८२० सम्बन्धि स्थानीय तहलाई ध्यानाकर्षण गराउने, द्वन्द्व पीडित र सरोकारवालाबीच छलफल गरि प्रतिबद्धता गराउनु रहेको बताईन् ।