आवरउदयपुर,अशोज ९ ।कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आज (मंगलबार)देखि सुरु भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले गत साउन ३० गते भएको कक्षा १२ को नतिजा सार्वजनिकमा ‘नन ग्रेडेड’ (एनजी) ल्याएका विद्यार्थीहरूका लागि आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको हो ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागिमात्र ग्रेडवृद्धि परीक्षा सञ्चालन गरिएको जानकारी दिए । परीक्षा आज र बुधबार दुई दिन सञ्चालन हुनेछ । उनले बिहान ११ बजेदेखि सुरु भएको परीक्षा अपराह्न २ बजेसम्म सञ्चालन हुने जानकारी दिए ।

देशभरका कूल चार सय १९ परीक्षा केन्द्रमा एकै साथ सुरु भएको परीक्षामा एक लाख २३ हजार तीन सय ९६ परीक्षार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका छन् ।

त्यसमध्ये एक विषयमा मात्र नन ग्रेडेड अर्थात् एनजी आउने ७९ हजार पाँच सय ८४ विद्यार्थी परीक्षामा सहभागी छन् । लेटर ग्रेडिङ निर्देशिकाअनुसार कुनै विषयमा ३५ प्रतिशत अङ्क पनि नल्याएमा ननग्रेडेड (एनजी) हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय