आवरउदयपुर, असोज ३ ।
नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा समावेश गरिनुपर्ने बताएका छन् ।
बुधबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हाल लुम्बिनी प्रदेशमा रहेका साबिक मध्यपश्चिमका दुई जिल्ला बाँके र बर्दियालाई कर्णाली प्रदेशमा ल्याउनुपर्ने बताएका हुन् ।
कँडेलले संवैधानिक प्रक्रिया पुरा गरेर बाँके, बर्दियालाई कर्णालीमा जोड्नुपर्ने बताए । यसअघि प्रदेश स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै अगाडि पनि यो कुरा उठाइएको थियो ।