आवरउदयपुर, असोज ३ ।
पूर्वी चीनको जियाङ्सु प्रान्तमा परी पाँच जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।

स्थानीय अधिकारीहरूले आँधी मङ्गलबार आएको भएपनि घटनाको विवरण बुधबार मात्र दिएका हुन् । उनीहरुका अनुसार सुकियान शहरको ड्याक्सिङ टाउनशिप र नानकाई टाउनशिपमा साँझ ५ बजेतिर आँधी आएको हो ।

स्थानीय निकायले गरेको क्षतिको प्रारम्भिक विवरणअनुसार आँधीबाट पाँच हजार ५१२ जना प्रभावित भएका छन् भने एक सय ३७ घरमा क्षति भएको छ । अन्य एक हजार छ सय ४६ घरमा सामान्य क्षति भएको छ ।

आँधीले ४२ हेक्टरमा लगाइएको बालीमा क्षति भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय