आवरउदयपुर,अशोज २ ।
दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको महाबु गाउँपालिका–३ बस्ने १६ वर्षीय किशोर दाहालको सोमबार साँझ मृत्यु भएको हो।

सोही गाउँपालिका–३ एक्लेसल्लोस्थित महादेव मन्दिरमा तीजको नाच हेरी फर्कने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको प्रहरील जनाएको छ ।

चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपकसिंह विष्टले जानकारी दिए।

चट्याङ लागेर सोही ठाउँका दाहालसहित १० जना घाइते भएका छन् । तीमध्ये एक जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक विष्टले बताए।

उनका अनुसार गम्भीर घाइते भएका एक जनालाई प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकी ८ जनाको अवस्था सामान्य छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय