आवरउदयपुर भदौ ३१
दाङको तुलसीपुरमा गाडीले आज विहान अटोरिक्सालाई ठक्कर दिँदा त्यसमा सवार एक किशोरको मृत्यु भएको छ।

नेपालगंजबाट रुकुम जाँदै गरेको लु २ ख ५९१८ नम्बरको फोर्स गाडीले तुलसीपुर–१६ डोक्रेनाबाट तुलसीपुर आउँदै गरेको रा १ ह ४४५९ नं। को अटोरिक्सालाई तुलसीपुर–६ स्थित स्टार चोकमा ठक्कर दिँदा त्यसमा सवार यात्रुको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका तुलसीपुर–१६ डोक्रेनाकाका १३ वर्षीय दामोदर भण्डारीको उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो।

दुर्घटनामा ६ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलले जानकारी दिए ।

अटो चालक तुलसीपुर – ६ गोलौराका ५७ बर्षीय तिलबहादुर कार्कीको अवस्था गम्भीर छ। उनको टाउँको र अनुहारमा गहिरो चोट पटक लागेको छ ।

उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको डिएसपी पोखरेलले बताए ।

अटोमा सवार तुलसीपुर – १६ डोक्रेनाका ११ बर्षीया बर्षा बस्नेत, उनकी ६ बर्षीया बहिनी श्रृष्टी बस्नेत, सोही ठाउँका १८ बर्षीया अन्जु डाँगी घाइते भएका छन् ।

अन्य दुइको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । अन्य घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार जारी छ। ठक्कर दिने गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय