आवरउदयपुर भदौ ३०
काठमाडौँको तीनकुने स्थित गैह्रिगाउँमा हत्या गरिएका चार जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार दिब्य सः मिलमा सुरक्षा गार्डसहित उनको तीन जनाको परिवार र अन्य एक जनाको सनाखत भएको हो ।
हत्या हुनेमा सुरक्षा गार्ड दोलखाका ५६ वर्षीय कुमार भुजेल, उनकी पत्नी अम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीया सुभद्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नवीन राई छन् ।
उनीहरूको टाउको र शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट देखिएको छ । अहिले मुचुल्कालगायतको कार्य सम्पन्न गरी शव परीक्षणको लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ ।
प्रहरीले घटनास्थलबाट सोधपुछको लागि काठमाडौँ महानगरपालिका–३२ तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको हो ।






