आवरउदयपुर भदौ २८नेकपा एमाले नेता सुवास नेम्वाङको शवयात्रा पशुपतिस्थित आर्यघाट पुर्याइएको छ ।
बालुवाटारस्थित निवासबाट सुरु भएको शवयात्रा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको हो ।
यात्रामा अन्य शुभेच्छुक तथा सर्वसाधारण पनि सहभागी भएको छन् । नेम्वाङलाई अन्तिम बिदाई गर्न पशुपतिमा पनि सर्वसाधारणको उल्लेख्य उपस्थिति छ ।
गत मंगलबार निधन भएका नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ ।
उनको निधनको शोकमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।