आवरउदयपुर,भदौ २७ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० किलो सुन तस्करी प्रकरण सम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ ।
रेडी ट्रेडमार्फत ब्रेक प्याडमा लुकाएर तस्करी गरिएको सुन प्रकरणको अनुसन्धान प्रतिवेदन बझाइएको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिए ।
सीआईबीले सुन तस्करी प्रकरणमा सुनमा ५० जनालाई प्रतिवादी बनाएको छ । साथै ३६० किलो ७७८ ग्राम सुन तस्करी भएको निष्कर्षका साथ ३ अर्ब ५० करोड, २ लाख १६ हजार ५५२ रुपैयाँ विगो कायम गरेको छ ।
सीआईबीका अनुसार अरु सुनको अनुसन्धान गर्न बाँकी छ । यसमा पुरक अनुसन्धान हुनेछ ।