आवरउदयपुर,भदौ २७ ।
६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन केन्द्रीय अनुन्धान ब्युरो (सीआईबी)ले सुझाव दिएको छ ।
सीबीआईले सरकारी वकिलको कार्यालय काठमाडौंलाई आज बुझाउन लागेको प्रतिवेदनमा ५० जनालाई प्रतिवादी बनाउन राय दिइएको हो ।
सीआईबीका एक अधिकारीका अनुसार यस प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् ।
सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउन लागेको छ।
आरोपीविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिने सिआइबीको तयारी रहेको सीआईबीका प्रमुख,किरण बज्राचार्यले जानकारी दिइन् ।






