
आवरउदयपुर,भदौ २४ ।
विराटनगरबाट १० लाख भारती रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारत बिहारको खगडीया गाउँ पञ्चायत महेशखुटका ३२ वर्षीय चन्दनकुमार यादवलाई विराटनगर–१६ बाट पक्राउ गरेको हो ।
शंका लागेर झोला चेकजाँच गर्दा उनको साथबाट ५०० दरका भारतीय नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए । नेपालमा ५०० दरका भारतीय नोट प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।
थप अनुसन्धानका लागि पक्राउ परेका यादव र नगद राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाइने डीएसपी दाहालले बताए ।