आवरउदयपुर,भदौ १८ ।
सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । प्रादेशिक अस्पताल भर्ना भएकी जोशीपुर गाउँपालिका–४ लालपुर वाणी बस्ने २५ वर्षीया राधा परियारको मृत्यु भएको हो ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायका अनुसार शल्यक्रिया गरेर मृत नवजात शिशुलाई जन्म दिएकी परियारको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो ।
सो क्रममा शरीरमा अक्सिजनको मात्रा कम भएपछि उनको शल्यक्रिया पश्चात् मृत्यु भएको हो। अस्पतालका अनुसार उनी शुक्रबार अस्पतालमा भर्ना भएकी थिइन् ।
तर, मृतका आफन्तले भने अस्पतालका ड्युटीमा रहेका नर्सिङ स्टाफका कारण राधाको मृत्यु भएको आरोप लगाएका छन्। शुक्रबार अस्पताल ल्याएर भर्ना गर्दा पनि ठिक समयमा शल्यक्रिया नगरेको उनीहरुको आरोप छ ।