आवरउदयपुर,भदौ १८ ।
वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ । सर्जिकल भवनबाट हिजो बिहान साढे दुई बजे हाम फालेका अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी सागर मिश्रले बताए ।
उनका अनुसार मृतक ‘आफ्नो बिरामी अस्पतालमा रहेको भन्द अस्पतालभित्र प्रवेश गरेका थिए । त्यसपछि उनले माथि गएर हाम फालेका हुन् ।‘
उनको अहिलेसम्म पहिचान खुल्न नसकेको शव बेवारिसे अवस्थामा रहेको सूचना अधिकारी मिश्रले बताए ।