आवरउदयपुर,भदौ १३ ।
त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६० किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरोले थप एक जनालाई पक्राउ गरेको छ ।

व्युरोले पाल्पा घर भएका गणेश पौडेललाई पक्राउ गरेको हो । सुन प्रकरणमा पक्राउ गरिएका गणेश पौडेल सहित पक्राउ पर्नेका सङ्ख्या २४ पुगेको छ ।

हङकङबाट ‘रेडी ट्रेड प्रालि’को नाममा तस्करी गरेर ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो ।

सो सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौँ ल्याइएको हो । तस्करीमा चिनियाँहरूको मुख्य भूमिका देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय