आवरउदयपुर,भदौ ११ ।
धनगढीस्थित स्वस्तिक अस्पतालमा डाक्टरले पत्थरीको अप्रेसनको क्रममा किड्नी नै झिकेपछि बिरामीको मृत्यु भएको छ ।

अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो ।

अस्पतालका डाक्टर जोनस तिवारीले बायाँ किड्नीको पत्थरीको अप्रेसनको क्रममा किड्नी झिक्दा अत्याधिक रक्तश्राव भइ बिरामीको मृत्यु भएको मृतककी छोरी सुस्मा दहितले बताइन् । ‘सुरुमा अप्रेसन सफल भयो भनियो, हामी खुशी भयौं, तर जब साँझ ७ बज्यो बिरामी बेहोस भए भनेर भनियो ।’

पछि बुझ्दा किड्नीको नशा काटिएर रक्तश्राव भएछ । पछि पुनः डाक्टरले अप्रेसन गरे र किड्नी नै झिकिदिए । ‘एक दिनमै २१ प्याईट रगत चढायौँ तर बिरामीको अवस्था झन बिग्रियो । त्यसपछि डाक्टरले अब सकिँदैन भनेर निस्किए भनेर भन्यो ’ उनल्र भनिन् ।

अस्पतालका अध्यक्ष महेश जोशीले पनि अप्रेसनका क्रममा बिरामीको अवस्था बिग्रिएपछि मृत्यु भएको स्वीकार गरेका छन् । अप्रेसन बिग्रिएकोबारे डाक्टरसँग स्पष्टीकरण सोधिने अस्पताल अध्यक्ष जोशीले बताए ।

बिरामीका आफन्तले डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएकोले सत्य तथ्य छानविन गरी डाक्टरलाई हदैसम्मको कारवाहीको माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय