आवरउदयपुर भदै ८ड्यूटीमा खटिएका प्रहरी निरीक्षकलाई बन्चरो प्रहार गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्लाको शिवसताक्षी नगरपालिका–९ बस्ने ३६ वर्षीय अशोक पोखरेल, ३२ वर्षीय विकाश भन्ने अरूण तामाङ र ३३ वर्षीय लक्ष्मण टुडुलाई पक्राउ गरिएको हो ।
उनीहरूलले शिवसताक्षी नगरपालिका–९ झरना पुल नजिकै ड्यूटीमा खटिएका प्रहरी निरीक्षक युवराज कटुवाललाई बन्चरो प्रहार गरी घाइते बनाएका थिए।
घाइते भएका प्रहरी निरीक्षक कटुवाललाई स्थानीय दुधे मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको छ ।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम बरामद गरेको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।