आवरउदयपुर,भदौ ८ ।
नेपाल विद्युत प्राधिकरणको बनस्थलीस्थित कार्यालयमा आगलागी भएको छ । कार्यालय भवनको तेस्रो तलामा आगो लागेको हो ।

काठमाडौं महानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइसकिएको छ ।

काठमाडौं महानगरपालिकाका एसपी विष्णु जोशीले एक घण्टापछि आगो नियन्त्रणमा आएको जानकारी दिए ।

आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन । विद्युत सर्ट भएर आगलागी भएको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय