आवरउदयपुर,भदौ १ ।
लागुपदार्थ दुव्र्यसन न्युनिकरणमा सामाजिक अभियानमा जोडिँदै आएका सशस्त्र प्रहरीका डिएसपी तिलकबहादुर खड्काले संगम पुस्तकालयलाई ८० हजार मुल्य बराबरको किताव सहयोग गरेका छन् ।
युवा, बालबालिका, जेष्ठनागरिक, किसान तथा गृहणीका रुचीलाई मध्यनजर गर्दै डिएसपी खड्काले बुधबार एक कार्यक्रमका विच पुस्तकालयलाई सबै क्षेत्रका किताव हस्तान्तरण गरेका हुन् ।
संस्थाका अध्यक्ष तथा मानवअधिकारकर्मी भरत खड्कालाई पुस्तक हस्तान्तरण गर्दै उनले भने, ‘फुर्सदको समय सदुपयोग गर्दा आज हजारौ युवा कुलतबाटोमा फस्न विवश छन, त्यसलाई केहि हदसम्म भएपनि मलमपट्टी लगाउने मेरो चाहना हो ।
‘टिनेजको उमेरमा खाली समय कता जाऔँ के गरौ भन्ने हुन्छ, डिएसपी खड्काले भने, ‘त्यो चन्चले उमेरलाई अध्ययनको रुची बनाउन सक्यो भने कुलतबाट हाम्रो सन्तती जोगिन सक्छ । उनले पठ्न संस्कृतिको विकास गर्न सके स्वदेशमै रोजगारका प्रसस्त संम्भावना रहेकाले लोकसेवा आयोगलाई मध्यनजर गरी पुस्तकालयमा पाठ्यक्रम तयार गर्नु पर्ने बताए । खड्काले काठमाण्डौँमा विभिन्न लेखक तथा प्रकाशनगृह, प्रतिष्ठित व्यक्तिहरुसँगको समन्वयमा चार महिना लगाएर पुस्तक संकलन गरेको बताए ।
सही संगत र मार्गदर्शन नहुँदा आज धेरै युवाहरु कुलतको शिकार हुन बाध्य भएकाले असल शिक्षा र गतिबिधिहरुमा संम्लग्न राख्नु पर्नेमा उनले जोड दिए । उनले मुना, हिमाल, पर्यावरण, महिला, अन्तर्राष्ट्रिय मन्च, मधुपार्क, विभिन्न साहित्य, दर्शन, बैंक, वित्तिय, लोकसेवा आयोग, कृषि तथा वन, इतिहास लगायतका ३ सय ८६ विधाका कितावहरु उपलब्ध गराएको जानकारी दिए ।
उदयपुरको त्रियुगा नगरपालिका ११ स्थायी घर भई सशस्त्र प्रहरी वल हेडक्वाटर हलचौक काठमाण्डौँमा कार्यरत डिएसपी खड्काले आगामी दिनमा पनि थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सरकारी सेवासँगै सामाजिक क्षेत्रमा पनि उत्तिकै रुची रहेकाले पुस्तक र सदरमुकाम गाईघाटको मुख्यचौकमा आकर्षक विभिन्न प्रजातिका फुलका विरुवा निःशुल्क उपलब्ध गराएको उनले बताए ।
उपलब्ध पुस्तक बुझ्दै अध्यक्ष खड्काले संगम पुस्तकालय कोसी प्रदेशकै नमुना भएकाले समयअनुकुल पाठकको रुचीलाई सकेसम्म सम्बोधन गरिएको बताए । उनले पुस्तकालयलाई समृद्ध बनाउन भौतिक पुर्वाधारमा पनि जुटेको बताए ।
अध्यक्ष खड्काले अन्य पुस्तकालयलाई पनि संग सँगै लैजान एक स्थानीय एक नमुना पुस्तकालय अभियान सञ्चालन गरिएको बताए । पुस्तकालय महासंघको केन्द्रिय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष समेत रहेका खड्काले रक्सी पसल चल्ने पुस्तकालय नचल्ने परम्पराको विकास भएको छ त्यसैले पठ्न संस्कृतिको विकास गर्न सबै पालिकामा नमुना पुस्तकालय अभियान सुरु गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय