आवरउदयपुर,साउन ३१ ।
नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध बुटवलमा प्रदर्शन गरेको छ।
अनेरास्ववियुले बुधबार बिहान बुटवल बहुमुखी क्याम्पस अगाडि एक घन्टा चक्का जाम गर्दै नाराबाजी गरेको हो । मूल्य नघटाएसम्म आन्दोलन जारी राख्ने अनेरास्ववियु बुटवल क्याम्पस कमिटी अध्यक्ष कृष्ण पाण्डेले बताए।
नेपा आयल निगमले मंगलबार रातिदेखि लागु हुनेगरी पेट्रोलमा ५ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा १४÷१४ रुपैयाँ वृद्धि गरेको छ ।