आवरउदयपुर,साउन ३० ।
कैलालीमा दुईजना मिटरब्याजी पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका–१ का चन्द्रप्रकाश चौलागाईं र धनगढी उपमहानगरपालिका–५ का यज्ञ तिवारी हिजो (सोमबार) पक्राउ परेका हुन् ।
हार्डवेयर व्यवसायीसमेत रहेका चौलागाईं र धनगढीको विकास होटलका मालिक तिवारीलाई हिजै थुनामा राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए ।
तिवारीका नाममा आधा दर्जन उजुरी परेका छन् भने चौलागाईंका नाममा जग्गा ठगीको उजुरी परेको बताइएको छ ।