आवरउदयपुर,साउन ३० ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्रको सुन निकालेर गाल्न थालिएको छ ।

मंगलबार बिहानदेखि सुन गाल्ने काम सुरू भएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ ।

यसअघि महाशाखाले सोमबार ब्रेक शुबाट सुन निकालेको थियो। करिब एक सय किलो भनिएको सुनको तौल ६० केजी ७८९ ग्राम निस्किएको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महाशाखालाई पत्र लेखेसँगै सोमबार दिउँसो सुन जोख्न ब्रे‍क शुबाट सुन निकालिएको थियो।

राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक शु बरामद गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय