आवरउदयपुर,साउन २९ ।
महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी विभिन्न सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट वा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाहरुका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकले वीरगञ्जमा रहेको मंगलम डाइग्लोस्टिक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १० प्रतिशत छुट दिने सम्झौता भएको छ ।
यसैगरी बाराको सिमरामा अवस्थित होटल क्विक–२० एण्ड रिभर साइडका सेवामा १० प्रतिशत, हेटौंडामा रहेको रेगाल हेटौंडा रिसोर्टका सेवामा १५ प्रतिशत, धनगढीको निसर्ग हस्पिटलका सेवामा २० प्रतिशत, हेटौडाकै विशुद्ध मोमोचाका सेवामा १० प्रतिशत र भरतपुरमा रहेको कविला रिसोर्ट एण्ड फनपार्कका सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।