
आवरउदयपुर,साउन २६ ।
आफैँले बोकेको भरुवा बन्दुक पड्किएर अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–७ मा एक जनाको मृत्यु भएको छ ।
बारीमा बाँदर धपाउन जाने क्रममा आफैँले बोकेको बन्दुक पड्किएर भूमिकास्थान–७ पानडाँडाका ४५ वर्षीय पदम केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान सवा ११ बजेतिर आफैँले बोकेको बन्दुक पड्किएर घाइते भएका केसीको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो ।
भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।