आवरउदयपुर,साउन २५ ।
काठमाडौं महानगरपालिकाले ७ नम्बर वडाको कपनमा खहरे खोलामाथि बनेका घरटहरा भत्काउन डोजर सहित गएपसछि स्थानीयले विरोध गरेका छन् ।
बुढानीलकण्ठ नगरपालिका–ड१० नम्बर वडाको सिमानामा पर्ने साततले नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको भन्दै सामाखुसी खोला जसरी नै खोल्न महानगर पुगेको नगर प्रहरीका डिएसपी मिनबहादुर थापाले बताए ।
बुढानीलकण्ठ नगरपालिकाका स्थानीय बासिन्दाले भने वर्षाको समयमा डोजर आतंक गरेको भन्दै महानगरविरुद्ध नाराबाजी गरिरहेका छन् ।
काठमाडौं ७ नम्बर वडाका स्थानीयवासीले भने बुढानीलकण्ठ नगरपालिकाविरुद्ध नाराबाजी गरिरहेका छन् ।