आवरउदयपुर,साउन २५ ।
नेपालमा डेंगु संक्रमितको संख्या १० हजार नाघेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।
महाशाखाको तथ्यांकानुसार जनवरीयता अगस्ट ९ सम्म १० हजार ७२६ जनामा संक्रमण पुष्टि भएको छ । डेंगु संक्रमणका कारण यो अवधिमा आठजनाको मृत्यु भएको महाशाखाको तथ्यांक छ ।
संक्रमितमध्ये सबैभन्दा बढी सुनसरीका ६ हजार ४१ जना छन् । मोरङमा एक हजार ३४४ र धादिङमा एक हजार २७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, कास्की, धनकुटा, झापा, संखुवासभा, तनहुँ, दार्चुला र काठमाडौं गरी १० जिल्लामा नौ हजार ६१२ जना संक्रमण देखिएको छ ।
यो अवधिमा काठमाडौं उपत्यकाका तीन जिल्लामा २५१ जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।