आवरउदयपुर,साउन २४ ।
रोजगारीको सिलसिलामा भारत गएका एक नेपाली युवकको बसको ठक्करबाट मृत्यु भएको छ ।
बैतडीको डिलाशैनी गाउँपालिका–२ मल्लाछेपट्टाका २७ बर्षीय पुष्कर बोहराको भारतको राजस्थानमा मृत्यु भएको हो । उनी एक वर्षअघि रोजगारीका लागि राजस्थान पुगेका थिए ।
काम गर्ने होटलबाट सामान किन्नका लागि बजार गएका बेला पुष्करलाई बसले ठक्कर दिएको उनका आफन्तले बताएका छन् । बसको ठक्करबाट गम्भीर घाइते भएका पुष्करको उपचारका क्रममा मृत्यु भएको हो ।
मृतक पुष्करको घरमा श्रीमती, एक छोरी, आमा–बुवा र भाइ छन् ।