आवरउदयपुर,साउन १५।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट करिब ८१ ग्राम तौलको सुनजस्तो देखिने धातुको ब्रासलेट १ थानसहित बैतडी पाटन नगरपालिका–६ घर भएका ३४ वर्षीय दिपक भण्डारीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
कतार एयरवेयजको उडानद्वारा काठमाडौं आएका भण्डारीलाई जाँच गर्ने क्रममा उक्त धातुको ब्रासलेट अवैध रूपमा लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको जनाएको छ ।