आवरउदयपुर,साउन १४।
सुन तस्करी प्रकरणमा संलग्न भएको आशंकामा राजस्व अनुसन्धान विभागले सामाखुसीबाट थप एकजनालाई पक्राउ गरेको छ ।

विभागले सशस्त्र प्रहरी बलको सहयोगमा दावा छिरिङलाई पक्राउ गरेको जनाएको छ । हङकङबाट ‘रेडी ट्रेड प्रालि’ ले मगाएको करिब १ सय किलो सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेरको थियो ।

सुन तस्करीमा संलग्न आशंकामा छिरिङसहित पक्राउ पर्नेहरुको संख्या १८ पुगेको छ । ‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ मा लुकाएर सुन काठमाडौँ ल्याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय