
आवरउदयपुर,साउन १३
सप्तरीमा एक जना मिटरब्याजीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।
जिल्ला अदालत सप्तरीले मिटरव्याजी राजविराज नगरपालिका–७ बस्ने ६४ वर्षीय रामाप्रसाद साहुलाई पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
उनीविरूद्ध ठगी तथा आपराधिक विश्वासघात मुद्दामा अनुसन्धान भएको थियो। प्रहरीले जिल्ला अदालतमा मुद्दा पेश गर्दा १८ लाख धरौटी माग गरेको थियो।
तर धरौटी तिर्न नसकेपछि उनी पुर्पक्षका लागि थुनामा गएका हुन्।