आवरउदयपुर,साउन १२ ।
भारतको केरलामा फोहोर संकलन गर्ने ११ जना महिलाले १० करोडको चिठ्ठा (लट्री) जितेकी छन् ।
केरला नगर निगममा कार्यरत ११ महिलाले मिलेर २५० रुपैयाँमा चिट्ठाको टिकट किनेका थिए ।
चिट्ठा जितेपछि यी महिलाको आर्थिक अवस्थामा सुधार आउने भएपनि उनीहरूले आफ्नो कामलाई निरन्तरता दिने बताएका छन् । यो चिट्ठा बुधवार सार्वजनिक गरिएको हो ।
महिलाहरू ग्रिन केरला मिसन अन्तर्गत सञ्चालित सरसफाइ अभियानको हिस्सा हुन् र उनीहरूले घरबाट फोहोर सङ्कलन गरेर पुनः प्रयोग गर्ने काम गर्छन् ।
यसअघि पनि धेरै पटक टिकट किनेका उनीहरुलाई यसपटक भने ठूलो रकमको चिठ्ठा परेको हो ।