आवरउदयपुर,साउन ४ ।
राष्ट्रियसभाका सांसद गोपाल भट्टराईले एक क्वीन्टल सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ संलग्न रहेको आरोप लगाएका छन् । ।

आज (बिहीबार) राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महराको नाम समेत सो प्रकरणमा मुछिएको समाचार आएको बताए । सांसद भट्टराईले सो प्रकरणमा ठूलाहरुनै संलग्न रहेकाले यसमा निष्पक्ष छानविन हुनेमा आफूलाई विश्वास समेत नभएको बताए ।

जनताको ध्यान एकातिर मोडेर मुलुकमा सुन तस्करी गर्नेक्रम बढिरहेको जिकीर गर्दै उनले त्यसलाई नियन्त्रण गर्न सरकार गम्भीर नभएको आरोप लगाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय