आवरउदयपुर,असार २६
सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटना ज्यान गुमाएका पाँच जनाको शव भेटिएको छ ।
लिखुपिके गाउँपालिका–५ स्थित लम्जुराडाँडामा मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटना स्थलमा प्रहरीका असई रिाजन बस्नेत नेतृत्वको टिम पुगेको छ ।
प्रहरी टोलीले दिएको जानकारी अनुसार दुर्घटनास्थलमा ५ जनाको शव फेला परेको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले बताए ।
।
सोलुबाट कठमाडौँका लागि उडेको हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । शव जलेको अवस्थामा भेटिएको छ भने हेलिकप्टरमा सवार एकजनाको अवस्था अज्ञात छ ।






