आवरउदयपुर,असार २४ ।
सिंहदरबारमा प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूबीच छलफल सुरु गरिएको छ।
नेकपा एमालेले प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर निरन्तर प्रतिनिधिसभा र राष्ट्रिय सभा निरन्तर अवरोध गर्न थालेपछि उक्त अवरोध हटाउन दलका शीर्ष नेताहरुबीच छलफल सुरु भएको हो ।

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ ।

गत असार १८ गते प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको किताब विमोचनमा दिएको अभिव्यक्तिले एमाले आन्दोलित छ। उसले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने बताउँदै निरन्तर अवरोध गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय