आवरउदयपुर,असार २३।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताएका छन् ।
पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा भैरहवा पुगेका ढकालले पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस र एमालेलाई यस्तो सुझाव दिएका हुन् । उनले माओबादी केन्द्र सरकारमा टाँसिरहने भएकाले एमालेले कुनै विकल्प दिएर राजीनामा माग्नुपर्ने बताए ।
यदि माओवादीको वर्तमान सरकार ढलेर पुनः काँग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाए भने रास्वपा प्रमुख प्रतिपक्ष दलका रुपमा बाहिर बस्ने उनले स्पष्ट पारे । ‘२०७९ को निर्वाचनको जनमत र जनादेश पनि यही रहेको उनले बताए ।
उनले ‘काँग्रेस–एमाले मिल्दा पनि माओवादीसँग प्रतिपक्षमा बस्ने ल्याकत नभएको र जसरी पनि सरकारमा टाँसिरहने उनको भनाइ छ ।